National life

हाथवे इन्भेष्टमेन्टले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, प्रतिकित्ता ५० रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
794Shares
हाथवे इन्भेष्टमेन्टले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, प्रतिकित्ता ५० रुपैयाँ
ncell

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आज (भदौ २१ गते)देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आइपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?