National life

हिमाल दोलखा हाइड्रोको ७५% हकप्रद शेयर आजदेखि बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
1.2kShares
हिमाल दोलखा हाइड्रोको ७५% हकप्रद शेयर आजदेखि बिक्रीमा
ncell

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सोमवारदेखि हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुकक्लोज गरेको थियो ।

बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन पाउने छन् । योग्य आवेदनहरूले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बिक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ६० करोड रहेको छ ।कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?