National life

नेप्सेको चेतावनी—असोजभित्र नवीकरण शुल्क नबुझाए सूचीकरण स्थगन हुनसक्छ

वार्षिक शुल्क बुझाउन नेप्सेको अल्टिमेटम, नतिरे कारबाही

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
3.1kShares
नेप्सेको चेतावनी—असोजभित्र नवीकरण शुल्क नबुझाए सूचीकरण स्थगन हुनसक्छ
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र वार्षिक नवीकरण शुल्क तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।

नेप्सेले असोज मसान्तसम्म शुल्क नबुझाएमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार वार्षिक १० प्रतिशत जरिवाना लाग्ने र सूचीकरणसमेत स्थगन हुन सक्ने चेतावनी दिएको छ।

नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र सोभन्दा माथि पूँजी भएका कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्नेछ।

यस्तै, डिबेन्चर तथा म्युचुअल फण्डका हकमा ५० करोड रुपैयाँसम्म पूँजी भए २५ हजार रुपैयाँ र सोभन्दा बढी भए ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेले तोकिएको खातामा रकम जम्मा गरी बैंक भौचर इमेलमार्फत पठाउन सूचीकृत कम्पनीहरूलाई निर्देशन दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?