National life

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
586Shares
अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल
ncell

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

सेयर रजिस्ट्रार सेवाअन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएको साधारण सेयर सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने काम एनआईसी एशिया क्यापिटलले गर्नेछ ।

त्यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरी राख्ने लगायतका सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य यस क्यापिटलले गर्नेछ ।

काठमाडौंको थापाथली–११ स्थित ट्रेड टावरको चौथो तल्लामा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयबाट आजदेखि सेयर रजिस्ट्रारको कार्य हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?