National life

अप्पर लोहोरे खोलाको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
556Shares
अप्पर लोहोरे खोलाको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?
ncell

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । आज आइतवार कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

कम्पनीको स्टक सिम्बोल युएलएचसी रहेको छ ।

कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि (सोमवार) देखि कारोबारमा आउनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि देखि कारोबारमा आउनेछ ।

कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरेर कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?