National life

प्रजापती  समुदायलाई तिहारका लागि पाला बनाउन भ्याई–नभ्याई (फोटो फिचर)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
695Shares
प्रजापती  समुदायलाई तिहारका लागि पाला बनाउन भ्याई–नभ्याई (फोटो फिचर)
ncell

काठमाडौं । हिन्दु नेपालीहरुको  दोस्रो ठुलो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका प्रजापती समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याई नभ्याई भएको छ । तिहार नजिकिएसँगै  भक्तपुरमा पाला बनाउँदै आएका प्रजापती  समुदायका सिङ्गो परिवार यतिखेर पाला बनाउन व्यस्त छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापती समुदायका पुरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला लगायतका अन्य सामाग्री बनाउन भ्याइ नभ्याई छ ।  तिहार आएपनी अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष पालाहरुको अर्डर नआएको शोभा प्रजापतीले बताइन् । पुर्खाको पाला देखी यही व्यवसाय गर्दै आएका शोभाका श्रीमान् पनि ऊनीसँगै व्यस्त रहन्छन् । तिहारका लागि प्रयोग हुने पाला, धुपौरो, घैँटा कछुवा, दियो लगायतका धेर्रै किसिमका आर्ट गरिएका सामाग्रीहरु बनाउँछन् ।

भक्तपुरका विष्णु प्रजापती पनी माटोको भाँडा बनाउन निकै व्यस्त देखिए । उनी आफुँ भाडा बनाउँछन् ,  भने उनका परिवारका सदस्य, आमा बुवा र श्रीमती त्यसलाई सुकाउने र रङ रोगन गर्नमा व्यस्त छन् । वर्षभरमा राम्रो आम्दानी गर्ने समय नै यही भएको भन्दै यो  मौकालाई गुम्न नदिन स–परिवार विहानै देखि रात नपरेसम्म काममै व्यस्त रहन्छन् ।

माटोको भाडा बनाउँदै आएका पोटरी स्क्वायरका प्रजापती समुदायका करिब ३५ घर परिवारका सदस्यहरुलाई यतीखेर एक छिन फुर्सद छैन । कोही माटोका भाडा बनाइ रहेका, कोही सुकाई रहेका, कोही आधुनिक भट्टीमा भाडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै अर्डर आएको ठाउँमा सामान पुर्‍याउन जान भ्याइ नभ्याई छ । अहिले भक्तपुर र थिमिका प्रजापतीले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चा जस्ता सामानको माग बढेकाले यस्ता साामानहरु बनाउन व्यस्त रहेका छन् । माटोको भाँडा बनाइरहेका प्रजापतीहरुलाई पहिले भने सजिलो थियो खेतको माटो लिएर बनाउँथे तर अहिले भने एक ट्रकको करिब ८ हजारसम्म तिर्नुपर्ने उनीहरुको भनाई छ । थोरै भाडा बनाउनेले पनि तिहारमा ९० हजार र धेरै बनाउनेले चार लाख भन्दा धेरै कमाउने गरेको उनीहरुको भनाई छ ।

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रो, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगन्जबाट समेत माग भएकाले पठाउने गरेको उनीहरु बताउँछन् । अहिले पालाको माग अन्तर्राष्ट्रिय बजारमा समेत बढ्न थालेको छ।

हेर्नुहोस तस्विरहरु

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?