National life

एकजना यस्ती आमा जसले आफ्नी छोरीलाई दिइन् १०० जना केटासँग डेटिंग गर्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
1.3kShares
एकजना यस्ती आमा जसले आफ्नी छोरीलाई दिइन् १०० जना केटासँग डेटिंग गर्न अनुमति
ncell

काठमाडाैं । अमेरिकामा एकजना यस्ती आमा फेला परेकी छिन् जसले आफ्नी छोरीलाई १०० जना केटासँग डेटिंग गर्न अनुमति दिइन् । आमाको अनुमति अनुसार ती युवतीले सयजना युवकसँग डेटिंग गरिसकेकी छिन् ।

आमाकै अनुमतिले १०० जना पुरुषसँग डेटिंग गर्ने ती युवतीको खुलासा भने उनकै बहिनीले गरिदिएकी छिन् । आफ्नी दिदीले विवाह हुनअघि एक वर्षको अवधिभित्रै १०० जना पुरुषसँग डेटिंग गरेको उनले बताएकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छोरीलाई १०० जना मर्दसँग डेटिंग गर्न प्रेरित गर्दै युवतीकी आमाले ५०० डलर बराबरको रकम दिएकी थिइन् । साथै उनले १०० जना केटासँग डेटिंग पूरा गरेपछि आफूलाई बताउन र त्यसपछि घर फर्किन छोरीलाई अह्राएकी थिइन् ।

एक वर्षभित्रमा १०० जना पुरुषसँग डेटिंग गरेकी ती युवतीकी बहिनी एलिस क्यारोलिनले यो कुराको खुलासा गर्दै टिकटकमा एक भिडियो पोस्ट गरेकी छिन् । एलिस चर्चित र लाखौं फलोअर्स भएकी टिकटकर हुन् ।

उक्त भिडियोमा सयजना मर्दसँग डेट पूरा गरेको उपलक्ष्यमा ती युवतीले आफ्नी बहिनी एलिसलगायतसँग केक काटेर सेलिब्रेट गरिरहेको देखिन्छ ।

साथै एलिसले आफ्नी दिदीले डेट गरेका पुरुषहरुको नामको सूची पनि सार्वजनिक गरेकी छिन् । जुन भिडियो निकै भाइरल बनिरहेको छ ।

समाचार अनुसार बिहेपछि छोरीको मनमा पुरुषप्रतिको कुनै डर बाँकी नरहोस् भनेर आमाले ती युवतीलाई १०० जना पुरुषसँग डेट गर्ने अनुमति दिएकी थिइन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?