National life

जन्मदिन मनाउन पार्क पुगेकी ७ वर्षीया बालिकाले भेट्टाइन् बहूमूल्य हीरा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
760Shares
जन्मदिन मनाउन पार्क पुगेकी ७ वर्षीया बालिकाले भेट्टाइन् बहूमूल्य हीरा
ncell

काठमाडाैं । अमेरिकाको अर्कान्सस पार्कमा ७ वर्षीया बालिकाले आफ्नो जन्मदिनमै २.९५ क्यारेटको हीरा भेट्टाइन् । जन्मदिन मनाउन पार्क पुगेकी बालिकाले जन्मदिनमै बहूमूल्य हीरा भेट्टाएकी हुन् ।

अर्कान्सस स्टेट पार्कले विज्ञप्तिमार्फत प्यारागोल्डमा बस्ने बालिकाले हीरा भेट्टाएको पुष्टि गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै यस वर्ष पार्कमा कुनै आगन्तुकले फेला पारेको यो दोस्रो सबैभन्दा महँगो वस्तु भएको पनि प्रस्ट पारेको छ । यसअघि मार्चमा साेही पार्कमा ३.२९ क्यारेटको खैरो हीरा भेटिएको थियो ।

सीएनएनका अनुसार, एस्पेन ब्राउन नामकी बालिका पार्कमा बुबा र हजुरआमासँग जन्मदिन मनाउन पुगेकी थिइन् । खोज क्षेत्रको उत्तरपूर्वतिरबाट उनले हरियो मटर आकारको एक वस्तु उठाएर ल्याइन् । पार्कका अधिकारीले पछि त्यो एक हीरा भएको पुष्टि गरे ।

‘१ सेप्टेम्बरमा मर्फिरोसबोरोमा क्रेटर अफ डायमन्ड्स स्टेट पार्क आएकी एस्पेन फर्किँदा २.९५ क्यारेटको हीरा लिएर गइन्’, बालिकाको खोजबारे पार्कले इन्स्टाग्राममा लेखेको छ ।

उक्त पार्कमा टाढाटाढादेखि मानिसहरू बहुमूल्य धातु खोज्न आउने गरेका छन् । एक किसानले पहिलोपल्ट जमिनमा हीरा पत्ता लगाएपछि उक्त स्थलमा ७५ हजारभन्दा बढी हीरा पाइएको सीएनएनले लेखेको छ । हीराबाहेक त्यहाँ बहुमूल्य रत्न जस्तै निलम र गार्नेट पनि पाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?