National life

जब आइफोन १५ का कारण एकजना दर्दनाक मृत्युबाट बचे !

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
1.4kShares
जब आइफोन १५ का कारण एकजना दर्दनाक मृत्युबाट बचे !
ncell

एजेन्सी । आइफोन १५ सिरिज सार्वजनिक भएसँगै एप्पल प्रडक्टका शौखिनहरुमा एक प्रकारको उत्साहको माहोल छ ।

एकातर्फ आइफोन १५ बुकिङ गर्ने तथा खरिद गर्नका लागि होडबाजी चलिरहेको छ भने अर्कोतर्फ यो नयाँ आइफोनका विषयमा एउटा अनौठो दाबी सार्वजनिक भएको छ । एकजना आइफोन प्रयोगकर्ताले आइफोन १५ का कारण आफू दर्दनाक मृत्युबाट बचेको दाबी गरेका छन् ।

मिडियम डटकमका अनुसार ती व्यक्तिले हालै आइफोन १५ खरिद गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त आइफोन उनका लागि प्राणदायक ढाल सावित भयो ।

क्यालिफोर्नियाको सिलिकन भ्यालीका बासिन्दा रहेका ३५ वर्षीय लेखापाल ग्यारी हेन्डरसन आफ्नो यस्तो दाबीका कारण चर्चाको शिखरमा छन् । उनलाई मानिसहरुले आइफोन गार्जियनको उपमा दिएका छन् ।

आइफोनले भौतिक विज्ञानका नियमहरु तोडेर आफूलाई घातक गोली प्रहारबाट बचाएको जिकिर उनको छ । दिउँसोको समयमा सडकमा हिँडिरहेको बेला आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘म सडकमा टहलिंदै सोसल मिडिया स्क्रल गरिरहेको थिएँ र आफ्नो कामसँग सम्बन्धित इमेलहरुको जवाफ दिइरहनुका साथै फनी क्याट भिडियो पनि हेरिरहेको थिएँ । त्यहीँ बेला मानिसहरुबीच भागदौड मच्चियो किनकि लुटेराले एकजना बटुवाको पर्स खोस्ने प्रयास गरेको रहेछ । त्यसपछि जे घटना भयो त्यो निकै भयानक थियो । लुटेराले बन्दुक नचाउँदै मैतिर गोली चलायो । मैले तत्कालै आफ्नो आइफोन उठाएँ । मलाई विश्वासै लागेन कि मेरो फोनमा टकराएर गोलीको दिशा नै बदलियो । त्यो चमत्कारले मेरो ज्यान बँचायो ।’

ग्यारीका अनुसार उनले त्यो आइफोन घटनाको केही घण्टा अगाडि मात्रै खरिद गरेका थिए ।

उनको त्यस्तो दाबीप्रति धेरैले विश्वास भने गरेका छैनन् । सोसल मिडिया प्रयोगकर्ताहरुले नयाँ आइफोनमा बुलेटप्रुफ फिचर रहेको हुनसक्ने भन्दै मजाक गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?