National life

पूर्वप्रेमीको अत्याचार: ९० प्रतिशत शरीरमा जबरजस्ती ट्याटू

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ वैशाख २०८३, आइतबार
1.4kShares
पूर्वप्रेमीको अत्याचार: ९० प्रतिशत शरीरमा जबरजस्ती ट्याटू
ncell

काठमाडौँ। मानिसले आफ्नै पार्टनरमाथि कति हदसम्म क्रूर व्यवहार गर्न सक्छ भन्ने उदाहरण नेदरल्यान्ड्सकी एक महिलाको घटनाले देखाएको छ। ‘जोक’ नामले चिनिने ती महिलाको शरीरको झण्डै ९० प्रतिशत भागमा उनका पूर्वप्रेमीले जबरजस्ती करिब २५० वटा ट्याटू बनाइदिएका थिए।

ती ट्याटूहरू अनुहार, घाँटी, छातीदेखि संवेदनशील अंगसम्म कुँदिएका थिए। अधिकांश ट्याटूमा पूर्वप्रेमीको नाम वा नामका अक्षर लेखिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जोकका अनुसार उनी सम्बन्धमा रहँदा लामो समयसम्म मानसिक तथा शारीरिक हिंसाको शिकार भइन्। उनका प्रेमीले सस्तो मेसिन प्रयोग गरेर बारम्बार आफ्नै नामका ट्याटू बनाउन दबाब दिने र धम्कीसमेत दिने गर्थे।

उनीमाथि निरन्तर नियन्त्रण कायम राख्ने, डर देखाउने र धम्क्याउने काम हुँदै आएको थियो। बिस्तारै उनी मानसिक रूपमा कमजोर बन्दै गइन् र मदिरा तथा लागुऔषधतर्फ झुकिन्। त्यस अवस्थाले उनलाई आफ्नै पक्षमा बोल्नसमेत असमर्थ बनायो।

यो घटना सामान्य ट्याटू बनाउने विषयभन्दा धेरै गम्भीर मानिएको छ, किनकि यसलाई व्यक्तिमाथि स्वामित्व जमाउने प्रयासका रूपमा हेरिएको छ। ट्याटू रिगरेट सँग सम्बद्ध एन्डी हानका अनुसार ती ट्याटूहरू महिलाको शरीरका त्यस्ता स्थानमा पनि बनाइएका थिए जहाँ अरू कसैले छोएको हुनसक्ने आशंका ती पुरुषलाई थियो।

पीडितले प्रहरीमा उजुरी दिएकी भए पनि कानुनी रूपमा घटना प्रमाणित गर्न कठिन भएको जनाइएको छ। आरोपितले भने सबै ट्याटू सहमतिमै बनाइएको दाबी गरेका कारण अनुसन्धान जटिल बनेको छ।

यद्यपि कठिन अवस्थाबीच ट्याटू रिगरेट संस्थाले सहयोग अभियान सञ्चालन गरेर ३५ हजार डलरभन्दा बढी रकम संकलन गरेको छ। त्यस सहयोगबाट अहिले जोकको उपचार भइरहेको छ र क्रमशः उनको शरीरबाट ट्याटू हटाउने काम भइरहेको छ।

अनुहारका धेरैजसो दाग हटिसकेका छन्। अहिले उनी आफ्नो पहिचान पुनः स्थापित गर्ने प्रयासमा छिन्। साथै, आफूजस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै उनले गम्भीर पीडापछि पनि नयाँ जीवन सुरु गर्न सकिन्छ भन्ने सन्देश दिएकी छिन्।

मानिसले आफ्नै पार्टनरमाथि कति हदसम्म क्रूर व्यवहार गर्न सक्छ भन्ने उदाहरण नेदरल्यान्ड्सकी एक महिलाको घटनाले देखाएको छ। ‘जोक’ नामले चिनिने ती महिलाको शरीरको झण्डै ९० प्रतिशत भागमा उनका पूर्वप्रेमीले जबरजस्ती करिब २५० वटा ट्याटू बनाइदिएका थिए।

ती ट्याटूहरू अनुहार, घाँटी, छातीदेखि संवेदनशील अंगसम्म कुँदिएका थिए। अधिकांश ट्याटूमा पूर्वप्रेमीको नाम वा नामका अक्षर लेखिएका थिए। जोकका अनुसार उनी सम्बन्धमा रहँदा लामो समयसम्म मानसिक तथा शारीरिक हिंसाको शिकार भइन्। उनका प्रेमीले सस्तो मेसिन प्रयोग गरेर बारम्बार आफ्नै नामका ट्याटू बनाउन दबाब दिने र धम्कीसमेत दिने गर्थे।

उनीमाथि निरन्तर नियन्त्रण कायम राख्ने, डर देखाउने र धम्क्याउने काम हुँदै आएको थियो। बिस्तारै उनी मानसिक रूपमा कमजोर बन्दै गइन् र मदिरा तथा लागुऔषधतर्फ झुकिन्। त्यस अवस्थाले उनलाई आफ्नै पक्षमा बोल्नसमेत असमर्थ बनायो।

यो घटना सामान्य ट्याटू बनाउने विषयभन्दा धेरै गम्भीर मानिएको छ, किनकि यसलाई व्यक्तिमाथि स्वामित्व जमाउने प्रयासका रूपमा हेरिएको छ। ट्याटू रिगरेट सँग सम्बद्ध एन्डी हानका अनुसार ती ट्याटूहरू महिलाको शरीरका त्यस्ता स्थानमा पनि बनाइएका थिए जहाँ अरू कसैले छोएको हुनसक्ने आशंका ती पुरुषलाई थियो।

पीडितले प्रहरीमा उजुरी दिएकी भए पनि कानुनी रूपमा घटना प्रमाणित गर्न कठिन भएको जनाइएको छ। आरोपितले भने सबै ट्याटू सहमतिमै बनाइएको दाबी गरेका कारण अनुसन्धान जटिल बनेको छ।

यद्यपि कठिन अवस्थाबीच ट्याटू रिगरेट संस्थाले सहयोग अभियान सञ्चालन गरेर ३५ हजार डलरभन्दा बढी रकम संकलन गरेको छ। त्यस सहयोगबाट अहिले जोकको उपचार भइरहेको छ र क्रमशः उनको शरीरबाट ट्याटू हटाउने काम भइरहेको छ।

अनुहारका धेरैजसो दाग हटिसकेका छन्। अहिले उनी आफ्नो पहिचान पुनः स्थापित गर्ने प्रयासमा छिन्। साथै, आफूजस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै उनले गम्भीर पीडापछि पनि नयाँ जीवन सुरु गर्न सकिन्छ भन्ने सन्देश दिएकी छिन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?