National life

मौलिक बजार तथा भान्सा घर: हर दिन फरक परिकार सात प्रदेशको रैथाने खाना सातै बार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
1.2kShares
मौलिक बजार तथा भान्सा घर: हर दिन फरक परिकार सात प्रदेशको रैथाने खाना सातै बार
ncell

झरना कडेल ,आर्थिक भ्वाइस संबाददाता

मौलिक घर भन्ने बित्तिकै तपाई कस्तो घर होला भनेर आङ्कलन गर्नुहुन्छ ? पक्कै पनि मौलिकताको खानी नै भन्नुहुन्छ। हो, कपनमा अवस्थित एउटा यस्तो घर छ जहाँ एकै घरमा मौलिक भान्सा घर र मौलिक बजार अटाएको छ ।

मौलिक भान्सा घरले स्थानीय कृषि उत्पादनबाट मौलिक परिकार बनाउँछ र सहरवासीलाई खुवाउँछ। जहाँ पाहुनाको सजिलोका लागि बारअनुसार परिकार तयार गरिने भए पनि जुन दिन पनि रोजेको परिकार खान पाइन्छ। मौलिक भान्सा घरमा सबै खानेकुरा अर्ग्यानिक र स्थानीय होस् भनेर आफ्नै फार्म राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कपनमा सात रोपनी जमिनमा कृषि फार्म चलाएका छन्। फार्ममा लोकल कुखुरा, कडकनाथ कुखुरा, टर्की, कालिज पालेका छन्।

मौलिक भान्सा घरसँगै ’मौलिक बजार’ पनि छ। स्थानीय उत्पादनलाई प्रवर्धन गर्नु मौलिक बजारको मुख्य उद्देश्य रहेको छ। मौलिक बजारमा ७ सय ५३ वटा स्थानीय तहको नामसहित त्यहाँ उत्पादित रैथाने सामाग्रीहरु पनि छन् ।‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने श्लोगनसहित सुमन दाहाल र उनकी श्रीमती राधिका ढकालले मौलिक भान्सा घर र मौलिक बजार सञ्चालन गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेका रैथाने उत्पादनहरू मौलिक बजारमा ल्याउने र बजारीकरण गरी उत्पादनका लागि किसानको हौसला बढाउने उनीहरुको सोच छ।

सुमनले आयुर्वेद पढेका छन् भने राधिकाले पत्रकारिता र ल पढेकी छिन् । सुमन डाक्टर बन्न चाहन्थे तर समयको एउटा मोडले उनलाई आयुर्वेद तर्फ धकेल्यो , या भनौँ उनी आफैँ धकेलिए ।

‘आयुर्वेदिक फिल्डमै जानुको कारण नेपालमा ८ सय भन्दा बढी उच्च मुल्यका जडीबुटीहरू सडेर गलेर खेर गइरहेका छन् हामीले त्यसलाई चिन्न पनि सकिरहेका छैनौँ ती जडीबुटीहरू मध्ये केही जडिबुटीहरु सुकाको दाममा विदेशमा निर्यात हुन्छन् र त्यसबाट बनेका औषधीको राम्रो क्वालिटी पनि हाम्रो देशमा आउँदैन। त्यही पनि हामी पठाउँदा चैँ सुका कौडीमा पठाउँछौ र किन्दा डलरमा किन्नुपर्ने भन्ने पृष्ठभूमि थाहा पाएपछि हर्बल कस्मेटिक प्रोडक्सनमा लागे ।

सुरुमा जुत्ता मोजा र काखीको दुर्गन्ध हटाउने स्प्रे , त्यसै गरी २५ वटा जडीबुटी मिश्रित स्याम्पु, हेयरवयल, फेस प्याक, गुलाबजल, गीलिसिरिन, डे तथा नाइट क्रिम लगायतका कस्मेटिक हर्बलहरू उत्पादन गरे । अव उनलाई खाँचो पर्‍यो बजारको , त्यो बेला नेपाली प्रडक्टका लागि कसैको पनि ढोका खुलेन , तर उनले हार मानेनन् । बिस्तारै स्वास्थ्य तथा सौन्दर्य तथा हर्बलसँग सम्बन्धित सेमिनारहरू गरे, विभिन्न कार्यक्रमहरू गरे जसोतसो कस्टमर बनाए, अहिले सातै वटा प्रदेशमा ती सामानहरुको डेलिभरी गर्न भ्याइ नभ्याई हुन्छ, उनले आफ्नो खुड्किलो सुनाए ।

 

त्यसपछि अदुवा लसुनको पेस्ट बनाए। ‘अदुवा लसुन किन्न नपर्ने, सिलौटोमा पिस्न नपर्ने’ भन्ने स्लोगनका साथ अदुवा लसुनको पेस्ट नेपालमा पहिलो पटक आफुँहरुले बनाएको उनको दाबी छ ।योसँगै ८ किसिमको मल्टी मसला पनि त्यही उत्पादन गर्छन् । अदुवा लसुनको पेस्ट अहिले सबैभन्दा टप सेलिङ अन्तर्गत पर्ने सुमन बताउँछन् ।

हर्बल कस्मेटिक, मसलाहरुको बजारीकरणमा देशभर सप्लाइ हुँदै गर्दा गाउँ गाउँमा भएको उत्पादन बिक्न छाड्यो र उत्पादन घट्न थाल्यो यता सहरमा गाउँको उत्पादन खाने मन हुँदा हुँदै पनि उपलब्ध छैन । एकातिर खेतियोग्य जमिनहरु बाझो हुँदै जाने, अर्कातिर चाहेको सामान उपभोग गर्न भन्ने कुरा थाहा पाएपछि एक स्थानीय तह एक उत्पादन ब्रान्डिङ गर्ने भन्ने अवधारणामा छलफल गरी प्रत्येक पालिकामा खरिदबिक्री केन्द्र सञ्चालन गर्ने अवधारणामा मौलिक बजार सञ्चालन भएको सुमनको भनाई छ ।

अहिलेको मौलिक बजारमा, ‘मौलिक बजार कपन जाउँ, अर्ग्यानिक भान्सामा रमाउँ, सात प्रदेशको परिकार खाउँ,७ सय ५३ पालिकाको उत्पादन लैजाउँ ’ भन्ने अवधारणा अन्तर्गत ७ सय ५३ वटै डिस्प्ले कोठाहरु छन् , प्रत्येक डिस्प्ले कोठाहरुमा स्थानीय तहको नामकरण गरिएको छ । स्लोगनमा भनेजस्तै पालिकाहरुमा उत्पादन भएका विशेष उत्पादनहरुलाई लिएर आएर सोही पालिको नाममा ब्रान्डिङ गरी बजारीकरण गरिरहेका छन् ।

त्यो सँगै मौलिक भान्सा घर पनि छ । मौलिक भान्सा घरमा रैथाने परिकारहरु पाक्छ । ‘शहरको बसाई गाउँको स्वाद खान र लान पाइन्छ साथ’ भन्ने यसको मुख्य अभिप्राय हो । मौलिक भान्सा घरको मुख्य श्लोगन भनेको ‘हप्तामा सातै दिन सात बार, सात प्रदेश सात विशेष परिकार, सात पंक्षी सात स्वाद, सात संस्कृति सात पहिरन, सातै दिन सांस्कृतिक साँझ’। यसमा चाखलाग्दो कुरा के छ भने, हप्ताको सातै दिन हरेक दिन फरक फरक प्रदेशका अर्ग्यानिक खानाको परिकार पाक्छ।

३५ वर्षीय सुमन दाहालको अवधारणामा मौलिक भान्सा घरले २०७८ असोजमा सेवा सुरू गरेको हो। यो भान्सा घरले दैनिक कम्तीमा सय डेढ सय जना पाहुनालाई मौलिक परिकारहरू खुवाउँदै आएको छ।

‘अहिले काठमाडौं उपत्यका बाहिरबाट समेत पाहुनाहरू आउने गरेका छन्, अहिले त मन्त्री ज्युहरु तथा धेरै पालिकाका प्रमुखहरुले भिजिट गरिसक्नुभयो , उहाँहरुले पनि धेरै मन पराइदिनुभएको छ’ उनले भने, । ‘उनीहरूले खानासँगै वातावरण पनि आरामदायी रहेको भन्ने प्रतिक्रिया दिने गरेका छन्।’

सुमनले मौलिक घरलाई रैथाने सामग्रीहरूले सजाएका छन्। मोही बनाउने ठेकी, मदानी, नुन राख्ने ढिक्री, हलो , ढिकी, टुकी, लगायत थुप्रै पुराना सामाग्रीहरु राखिएका छन्। परम्परागत वाद्य सामग्री पनि छन्।

यसरी भान्सा घरमा गाउँले परिवेशको झल्को पाइन्छ। मौलिक भान्सा घरमा आइतबार किराँतहरुले खाने कोशी प्रदेशको विशेष परिकार किनेमा र याङ्वेन अर्थात झ्याउ, सोमबार मधेश प्रदेशको , तराइतिर खाने भक्का र बगिया, गहुँको रोटी, मङ्गलवार बाग्मती प्रदेशमा नेवारी खानाहरु, योमरी र नेवारी खाजा सेट, बुधवार गण्डकी प्रदेशको पोखरामा फल्ने जेठो बुढो चामलको पोखरेली खिर र सेल रोटी, बिहीबार लुम्बिनी प्रदेशको विशेष परिकार थारुहरुले खाने खाना खिचडी र ढिक्री, शुक्रवार कर्णाली तिरको पपुलर उत्पादन, मार्सिको कसार,मार्सी खाना सेट र शनिवार सुदुरपश्चिमको विशेष परिकार माडा, बाबर । माडा भनेको तह तहमा हालिने रोटी हो । यी सातै प्रदेशका परिकार उनीहरुकै विशेषताअनुसारकै थिममा खुवाउँछन् ।

त्यतीमात्रै होइन हरेक साझ जुन प्रदेशको परिकार पाक्छ, त्यही प्रदेशको संस्कृती अनुसारको पहिरन र सांस्कृतिक साझ पनि हुन्छ । जहाँ दोलखाको छो रोल्पा ताल देखि लिएर खप्तड, कर्णाली, पोखरा फेवाताल लगायतका विभिन्न पर्यटकीय ठाउँको मनमोहक तस्बिर डिस्प्ले गरिएको छ ।

सात पंक्षी सात स्वाद अन्तर्गत , लोकल कुखुरा, टर्की, लौकाट, कडकनाथ, कालिज, हाँस बट्टाई छन् । यी पक्षीहरु मध्ये ग्राहकले रोजेको एक पक्षीको सात परिकार वा सात स्वादमा पकाउँछन् । र नाङ्लोमा केराको पातमा राखेर दिने चलन छ ।

‘जे बनाउँछौँ मौलिक परिकार नै बनाउँछौँ मोःमो नै खाए पनि कोदो फापरको , चाउमिन पनि कोदो फापर जौँ मरिंगाको बनाउँछौँ। रोटी, र ढिँडो यहाँको विशेष खाना अन्तर्गत पर्छ । र यो खानालाई ग्राहकहरुले आमाले बनाएको खाना भन्दै फेरी पनि आउने गरेका छन्’् उनले भने । टिपिकल शैलीमा ग्रामीण स्वादमा खाना खुवाउने गरेको सुमन बताउँछन् ।

२४ व्यञ्जनको मेनु अवलम्बन गरी काम गरिरहेपनि डेढ सय देखि दुई सय भेराइटीकोे खाना तथा खाजाहरु पाइने सुमनको भनाई छ । एकातिर अर्ग्यानिक फार्म छ अर्कातिर पशुपक्षीको फर्म छ। प्रशोधन उद्योग, मौलिक बजार र मौलिक भान्सा घर छ । त्यही बाख्रा फर्म पनि छ , चुनिखेलमा गाई फर्म र सुकुटेमा ट्राउट माछा फर्म छ ।ती सबै उत्पादित खानेकुराहरु मौलिक भान्सा घरमा उपलब्ध छन् । बसेर खानका लागि आकर्षक ब्याम्बो हाउस तथा नाइट स्टेका लागि करिब ५० जना पाहुनाहरु बस्न मिल्ने टेन्टहरु पनि बनाइएको छ ।

अव सातै प्रदेशमा खरिद बिक्रिका लागि शाखा खोल्ने तथा दशै अगाडी १० करोड भन्दा माथिको लगानीमा यसको औपचारिक लन्चिङको तैयारी छ। प्रदेश प्रमुखहरु तोक्ने स्टाफहरु हायरिङ् लगायतको कार्यहरु भइरहेको छ। देशभरका सबै पालिका प्रमुखहरुले विशेष चासोका साथ पठाइरहेको सुमनको भनाई छ । अवका दिनहरुमा शेयरहरुको बिचमा जाने उनको तैयारी छ। ‘केन्द्रमा एक सय जना र प्रत्येक प्रदेशबाट एक/एक सय जनाका दरले ११ सय जना शेयर होल्डर रहने , प्रतिव्यक्ति एक देखी दश लाख सम्म शेयर होल्डरले लगानी गर्न मिल्ने गरी अवधारणा ल्याईएको छ ।

यसरी गर्दा एक अर्ब १० करोडको प्रोजेक्ट बन्छ। यो प्रोजेक्ट बन्दै गर्दा,उपत्यकाको२१ वटा स्थानीय तहको मेजर मेजर पालिकाहरुमा यसको शाखा खोल्छौँ’ उनले भने । शेयर होल्डरबाट जम्मा भएको पैसा ७ रोपनीबाट ७ प्रदेशमा सय/ सय रोपनी जग्गा लिएर काम थाल्ने उनको योजना छ। त्यसो गर्दा प्रदेशभरीको स्थानीय उत्पादन प्रदेश स्तरीय सङ्कलन र वितरण केन्द्रले सङ्कलन गर्छ र वितरण गर्ने उनको लक्ष्य छ।

मौलिक भान्सा घरको खाना तथा खाजा सिंहदरबार देखि लिएर अन्य स्थानमा पनि डेलिभर हुने गरेको सुमन बताउँछन् । यस कम्पनीमा फ्यामिलियर इन्भेस्टमेन्ट ग्रुप बनाएर हाल सम्म एक देखि दश लाख सम्म इन्भेस्ट गर्ने ४० जना रहेका छन् ।

सुरुमा आफ्नो बाइक बेचेर आएको ९५ हजारबाट सुरु गरेका उनले गर्दै जाँदा कपनको घर बैङ्कमा राखेर ३० लाख ऋणको पैसाले विस्तार गरेको मौलिक घरको लगानी अहिले १० करोड भन्दा बढी छ । भने मौलिक घरमा ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । सामान तथा खाजा नास्ताहरु डेलिभरी गर्न ४ वटा भ्यान र २ वटा स्कुटरलाई भ्याई नभ्याई हुन्छ ।

औपचारिक लन्चिङ लगत्तै शुक्रवार र शनिवार साप्ताहिक उत्पादन तथा परिकार मेला सञ्चालन गर्ने, मौलिक तथा रैथाने कुराहरु मन पराउनेहरुका लागि शेयर आह्वान गर्ने, स्थानीय तहहरूसँग मिलेर फ्रेन्चाइज बनाउने, सात प्रदेशका ७ सय ५३ पालिकामा पुगेर त्यहाँको उत्पादन यहाँसम्म ल्याउन पहल गर्ने सुमनको मुल योजना हुन् ।

‘एकातिर काम गर्ने मानिसहरु छैनन्, अर्कातिर नेपालमा काम नपाएर कैयौँ युवाहरु बिदेसिनुपरेको छ, विदेशबाट फर्किनेहरुलाई पनि रोजगारीको सुनिश्चितता छैन ।विदेश जानबाट रोक्ने तथा विदेशबाट फर्किनेहरुलाई समेटेर काम गर्ने सोच अनुसार काम गरिरहेका छौँ। ’उनले भने। उनी वैदेशिक रोजगारमा जानेहरुका लागि नेपालमै पनि केही राम्रो गर्न सकिन्छ है भन्ने उदाहरण र म्यासेज दिन खोजिरहेका छन् । केही बन्नका लागि मेहनत सँगै आत्मविश्वास र धैर्य गर्न सक्नुपर्ने उनको भनाई छ ।

 

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?