काठमाडौं। काभ्रेपलान्चोककी सुनिता चौलागाई जो परम्परागत सोच र सामाजिक बन्देजलाई चुनौती दिँदै आत्मविश्वास र निरन्तर संघर्षका बलमा आज सफल बीमा अभिकर्ताका रूपमा स्थापित भएकी छन्। सामान्य परिवारबाट उठेकी उनले पढाइसँगै पारिवारिक जिम्मेवारी वहन गर्दै जीवनको कठिन यात्रालाई अवसरमा बदलेकी छिन् ।
सुरुवातमा स्पष्ट लक्ष्य नभए पनि समयसँगै बीमा क्षेत्रमा पाइला टेकेपछि उनको जीवनले नयाँ मोड लिएको उनको भनाई छ। परिवारको साथ र आफ्नै दृढ इच्छाशक्तिका कारण उनले बीमाजस्तो अपरिचित क्षेत्रमा समेत आफूलाई प्रमाणित गर्न सफल भएकी छिन्।
निरन्तर प्रयासले आज उनी सिटिजन लाइफ इन्सुरेन्सकी सफल एमडीआरटी अभिकर्ता बनेकी छन्। आज उनको कामप्रति विश्वास बढ्दै गएको छ र ग्राहकहरू आफैँ उनलाई खोज्दै आउँछन्। सुनिताको यात्रा केवल व्यक्तिगत सफलता होइन, अझै पनि घरको घेराभित्र सीमित रहेका धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ। उनै सर्घषंदेखि सफलतासम्म अनवरत रहेकी सुनितासँग आर्थिक भ्वाइसले गरेको कुराकानीको भिडियो सामाग्री तल उल्लेख छ ।


































