National life

गुगल र फेसबुक पनि करको दायरामा, नेपालमा करतिर्ने विदेशी कम्पनीको संख्या ६ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
956Shares
गुगल र फेसबुक पनि करको दायरामा, नेपालमा करतिर्ने विदेशी कम्पनीको संख्या ६ पुग्यो
ncell

काठमाडौं । अन्ततः गुगल र फेसबुक पनि नेपालको करको दायरामा आएका छन् । यसअघि सरकारले सामाजिक सञ्जाल, माइक्रोसफ्ट लगायत डिजिटल विज्ञानपनहरुलाई समेत करको दायरामा ल्याउने निर्णय गरेपनि कम्पनीहरु आउन तयार भएका थिएनन् । तर, पछिल्लो पटक आन्तरिक राजस्व विभागले तारन्तार ताकेता गरेपनि कम्पनीहरु नेपालको करको दायरामा आउन बाध्य भएका हुन् ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत डिजिटल सर्भिस ट्याक्स (विद्युतीय सेवा कर) को स्पष्ट नीति ल्याएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
योसँगै आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि र सो सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि समेत निर्माण गर्दै साउन १, २०७९ बाट उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको थियो । योसँगै गुगल, फेसबुक र माइक्रोसफ्टसहित ६ वटा ठूला कम्पनीहरु नेपालको कर प्रणालीमा आबद्ध भएका छन् ।

कार्यालयका अनुसार सिङ्‍गापुरमा कार्यालय स्थापना गरी सञ्चालनमा रहेका गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेड र लिङ्क्डइन सिङ्‍गापुर प्राइभेट लिमिटेड नेपालको कर प्रणालीमा आबद्ध भएका हुन् । यसले आगामी दिनमा अन्य कम्पनीहरुलाई समेत करको दायरामा समेटिएर औपचारिक रुपमा व्यापार गर्न सहज वातावरण बनेको आन्तरिक राजस्व विभागले जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
956SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?