National life

डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल

अहिलेको विश्व तीव्र प्रविधिको युगमा रहेकाले संसद् पनि प्रविधिको प्रयोगमा ढिला गर्न नहुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|३१ भदौ २०८३, बुधबार
966Shares
डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल
ncell

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् ।

बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई आजको आवश्यकता भएको बताए ।

उनले अहिलेको विश्व तीव्र प्रविधिको युगमा रहेकाले संसद् पनि प्रविधिको प्रयोगमा ढिला गर्न नहुने बताए ।

उनले भने, ‘यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो।’

सभामुख अर्यालले डिजिटल पार्लियामेन्ट प्लेटफर्ममार्फत संसद्का सबै सूचना एउटै प्लेटफर्ममा संकलन गरी जनतासम्म पुर्‍याउने उद्देश्य रहेको बताए । उनले संसद्का गतिविधि लामो समयसम्म सुरक्षित राख्दै आगामी सयौँ वर्षसम्म नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने लक्ष्य रहेको बताए ।

‘यसले गर्न खोजेको चाहिँ एउटा इन्टिग्रेटेड, एउटा हामी सबै कुरालाई एउटा प्लेटफर्ममार्फत सूचनाहरू कलेक्सन गरौँ र जनता कहाँ पनि ती सूचनाहरू पुर्‍याऔँ। र हामी सजिलोसँग हामीले खोज्न चाहेका चिजहरू प्राप्त गरौँ भन्ने एउटा प्रयास हो,’ उनले भने ।

सभामुख अर्यालले पुराना संसदीय दस्तावेज तथा ढड्डाहरू खोजी गरी डिजिटलाइज गर्ने काम अघि बढाइने बताए । आगामी दिनमा हुने संसद्का सबै कार्यक्रमसमेत डिजिटल अभिलेखमा राखेर सय, दुई सय वा पाँच सय वर्षपछि पनि नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने बनाउने उनको भनाइ छ ।

उनले विगतमा डिजिटल संसद्को प्रयास सफल हुन नसक्नुमा यसलाई सबै पक्षले आफ्नो आवश्यकता हो भनेर महसुस गर्न नसकेको बताए । अब भने कर्मचारी, सरकार, सांसद तथा संसद्का नेतृत्व सबैले यसलाई आवश्यकताका रूपमा लिएर अघि बढ्नुपर्ने उनले बताए ।

डिजिटल पार्लियामेन्ट परीक्षणकै क्रममा रहेकाले यसमा देखिएका कमजोरी र त्रुटिहरू सुधार गर्दै अघि बढ्ने सभामुख अर्यालले बताए । उनले कर्मचारी, पत्रकार, सांसद, समितिका सभापति तथा सचिव र आम नागरिकबाट आएका सुझावलाई समेटेर प्लेटफर्मलाई थप सहज र प्रयोगमैत्री बनाइने बताए ।

‘अहिले यहाँ राखिएका कुराहरू थुप्रै त्रुटिहरू हुन सक्छन्। यहाँ एटेन्डेन्सको कुराहरू राखिएको छ, कति माननीय सदस्यहरूको एटेन्डेन्स यहाँ राखिएकोसँग केही मेल नखाएको हुन सक्छ। यस्तो कुराहरूलाई चाहिँ यो अन्तिम होइन, फेरि पनि हामीले भनेका छौँ यो परीक्षण हो,’ उनले भने ।

उनका अनुसार डिजिटल प्लेटफर्ममा विधेयकको अवस्था, सांसदहरूको विवरण, संसद्को क्यालेन्डर, उपस्थिति तथा समिति र उपसमितिसम्बन्धी सूचना एउटै प्रणालीबाट हेर्न सकिनेछ । सांसदहरूले बोलेका अडियो तथा भिडियोसमेत सुरक्षित रूपमा अभिलेख गरिने उनले बताए ।

सभामुख अर्यालले डिजिटल पार्लियामेन्ट सबै नागरिकको पहुँचमा पुग्ने गरी अपाङ्गमैत्री र प्रयोगमैत्री बनाइने बताए । साथै, आगामी अधिवेशन सुरु हुने बेलासम्म प्लेटफर्मलाई थप सुधार गरी प्रभावकारी बनाउने प्रयास गरिने उनको भनाइ छ ।

उनले डिजिटल प्रविधिमा अभ्यस्त हुन कठिन नहुने उदाहरण दिँदै बैंकिङ क्षेत्रमा ढड्डाबाट कम्प्युटर प्रणालीमा रूपान्तरण भएको प्रसंगसमेत सुनाए । रुचि र आवश्यकता महसुस भएपछि प्रविधि सिक्न कठिन नहुने उनले बताए ।

सभामुख अर्यालले डिजिटल पार्लियामेन्टको सुरुवात संघीय संसद्लाई मात्रै नभई समग्र शासन प्रणालीलाई नागरिकमैत्री बनाउने दिशातर्फको प्रयास भएको बताए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित संघ, प्रदेश तथा स्थानीय सरकारलाई थप जनमुखी र नागरिकमैत्री बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
966SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?