National life

विज्ञान र नवप्रवर्तनमा १% बजेट छुट्याउन मन्त्री पुनको आग्रह

अनुदान प्राप्त गर्न चाहने निकायहरूले यस्तो प्रावधानलाई ध्यानमा राखी बजेट निर्माण गर्नुपर्ने बताए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
1.7kShares
विज्ञान र नवप्रवर्तनमा १% बजेट छुट्याउन मन्त्री पुनको आग्रह
ncell

काठमाडौँ । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय तहलाई आफ्नो पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत हिस्सा विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले अनुदान प्राप्त गर्न चाहने निकायहरूले यस्तो प्रावधानलाई ध्यानमा राखी बजेट निर्माण गर्नुपर्ने बताएका हुन्।

मन्त्री पुनले देशको दीर्घकालीन विकासका लागि अनुसन्धान र नवप्रवर्तन अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन सबै तहका सरकारलाई प्रोत्साहित गरेका छन्।

उनले मन्त्रालयले विज्ञान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै देशलाई समृद्ध बनाउने दिशामा आवश्यक कदम चाल्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, संघीय, प्रदेश र स्थानीय तहसँगै आम नागरिकमा पनि अनुसन्धान र नवप्रवर्तनको संस्कार विकास गर्न निरन्तर पहल गरिने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?