National life
cg eloctronics

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१७ कात्तिक २०८३, मङ्गलबार
1.3kShares
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन
muktinatha bikash bank

नगरकोट | काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनेछ।

प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्यावलोकन तथा शान्त वातावरणका कारण आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ। पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपर्दो इन्टरनेट तथा डिजिटल कनेक्टिभिटी पनि आतिथ्य क्षेत्रको महत्वपूर्ण आवश्यकता बन्दै गएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार, ग्राहक सेवा तथा होटलको दैनिक व्यवस्थापनजस्ता गतिविधिमा इन्टरनेटको भूमिका बढ्दै गएको सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई आवश्यक डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वयमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नगरकोटमा सञ्चालनमा आएको यस सम्पर्क कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भई होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थाहरूलाई लक्षित गर्नेछ। यसमार्फत स्थानीय व्यवसायहरूको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता बुझ्ने, उपयुक्त समाधानबारे जानकारी उपलब्ध गराउने र ग्राहकहरूसँग प्रत्यक्ष समन्वय गर्ने कम्पनीको लक्ष्य रहेको छ।

यस कार्यालयमार्फत कम्पनीले स्थानीय व्यवसायहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने तथा ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीहरूसँग समन्वय गर्नेछ।

everest bank

नगरकोट नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा थप विकसित हुँदै गर्दा पर्यटन पूर्वाधारसँगै डिजिटल पूर्वाधारको विकास पनि उत्तिकै आवश्यक देखिन्छ। यसै सन्दर्भमा वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालयले नगरकोटका पर्यटन तथा आतिथ्य व्यवसायलाई डिजिटल रूपमा थप सक्षम बनाउन र स्थानीय व्यवसायसँगको सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनसँगै वर्ल्डलिंकले नेपालभरका व्यवसायहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्दै उनीहरूको डिजिटल कनेक्टिभिटी आवश्यकतालाई सहयोग गर्ने प्रयासलाई निरन्तरता दिएको छ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका बारेमा

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। कम्पनीले देशभरका आवासीय तथा व्यावसायिक ग्राहकहरूलाई इन्टरनेट कनेक्टिभिटी र डिजिटल सञ्चारसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।

मिडिया सम्पर्क:

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड

कर्पोरेट कम्युनिकेसन्स / जनसम्पर्क विभाग

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?