National life

तिहारमा स्वादिष्ट सेल रोटी पकाउने एक सजिलो तरिका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ कात्तिक २०८१, शनिबार
804Shares
तिहारमा स्वादिष्ट सेल रोटी पकाउने एक सजिलो तरिका
ncell

हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड तिहार भित्रिसकेको छ । झिलिमिलीको पर्व समेत भनिने तिहारमा गुलिया र चिल्ला परिकारहरु बढी खाने गरिन्छ । तिहारमा थरि-थरीका रोटी बनाइन्छ । र, तिहारको सबैभन्दा लोकप्रिय परिकार हो–सेल रोटी । सेल रोटी तिहारबाहेक अन्य चाडबाडमा पनि प्रयोगमा आउँछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेल रोटी सुपर मार्केटदेखि सामान्य चिया पसलमा पनि पाइन्छ । तिहारको विशेष परिकार हो सेल रोटी । तिहारको पाँचौँ दिन भाइ टिका गरेपछि दिदीबहिनीले आफ्ना दाजुभाईलाई सेल रोटीलगायत विभिन्न भाईमसलाहरु खान दिने चलन छ ।

सेल रोटी खान त धेरैलाई मन पर्ला, तर पकाउन भने कमैलाई आउँछ । आज हामी तपाईँलाई सेल रोटी बनाउने सजिलो तरिका सिकाउँदैछौं :

सेल रोटी बनाउन आवश्यक भाँडाहरु

–गहिरो, तर सम्म पिँध भएको कराई या ताई । ताकी सेल पकाउँदा राम्रोसँग तैरिन पाओस् ।
–बाँसका दुई कप्टेरा (सिन्का) एक फिट लामो ।
–पानीको बोतल आधा काटेर मुखतिरको भाग (सेल रोटी पकाउँदा तयारी पिठो कराईमा खन्याउनका लागि । हातैले पनी खन्याउन सकिन्छ ।)
–सेल राख्ने नाङ्लो या कुनै ठुलो भाँडा ।
सेल रोटी बनाउदा चाहिने सामाग्री

–चामल आवश्यकताअनुसार । अहिलेलाई तिन किलोको तयार गरौँ । त्यसो त पिठो सीधै बजारमा किन्न पनि पाइन्छ । तर, घरमै चामल भिजाएर बनाएजस्तो राम्रो नहुन सक्छ । त्यसैले चामललाई भिजाएर हल्का सुक्न दिएपछी सिलौटो या मिक्सरमा खस्रो गरी पिस्ने । यसो गर्दा रोटी आकर्षक पनि देखिन्छ ।

त्यसपछी पानी या दूध ६०० मिलिलिटर ।
–घ्यु तिन कप
–चिनी तिन कप
–खाना पकाउने तेल एक देखि डेढ लिटर सम्म आवश्यकता अनुसार
–खाने सोडा सेल (रोटी फुलाउनका लागि हो, नभए पनि फरक चाहिँ पर्दैन) आधा चम्चा
–अंलैची, ल्वाङ्ग, काजु थोरै ।

सेल रोटी बनाउने विधि

–चामललाई राम्ररी पखालेर रातभर भिजाउने ।
–भोलिपल्ट चामलबाट पानी हटाउने र त्यसमा एक पटकमा आधा कप चामल, दुई चम्चा चिनी र एक चम्चा घिउ हालेर सिलाउटो वा मिक्सरमा पिन्ने ।
–पिनेको पेस्ट राम्रो र लेसिलो हुनुपर्छ । यसरी नै सबै चामल पिन्ने ।
–पिनेको चामलको पेस्टमा थोरै–थोरै पानी राख्दै मोल्ने ।
–यो पेस्टलाई एक–दुई घण्टा यसै छाडिदिने । यसो गर्दा राम्रोसँग घोलिन्छ ।
–त्यसपछी आगोमा कराई तताउने । कराई तातेपछि एक–दुई इन्च माथिसम्म आउने गरी तेल राख्ने ।
– तातेको तेलमा काटेको बोलतको सहायताले गोलो हुने गरेर मुछेको तयारी पिठो हाल्ने ।
–सुरुमा सेल गोलो नहुन पनि सक्ने भएकाले कप्टेरा वा झिर को सहायताले त्यसलाई मिलाउनुहोस् ।
–धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । पेस्ट पातलो छ भने मैदा वा चामलको पिठो थोरै थपेर फेरि राम्ररी मोल्दा ठिक्क हुन्छ ।
–सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएर सुनौलो खैरो नहुन्जेल पकाउनुहोस् । अब सेल रोटी तयार भयो । तिहारमा आफ्नो परिवार र दाजुभाई लाई मिठो सेल खुवाउनुहोस् ।

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?