काठमाडौँ । नेपाल आयल निगमले अंग्रेजी नयाँ वर्षदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ।
निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। निगम सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
आन्तरिकतर्फ हवाई इन्धन २ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर १५ रुपैयाँ मूल्य घटाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ कायम भएको छ ।

































