National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईको राजिनामा माग

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२० असोज २०८२, सोमबार
548Shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईको राजिनामा माग
ncell

काठमाडौं । भ्रष्टाचार विरुद्ध आन्दोलन गरिरहेको जेन जेडले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजिनामा मागेको छ ।

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्ति दिएका राईको राजिनामा आन्दोलनरत समुहले मागेको हो ।

आइतबार प्रमुख आयुक्तलाई एक पत्र लेख्दै जेन जेडले  राईलाई राजिनामा दिन आग्रह गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘वि।सं।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८२ साल भाद्र २३ गतेबाट जने जीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य हुन् भन्नेबारे यहाँलाई अवगतै छ। यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरुको नियुक्ति गर्न आवश्यक छ । तपाईंलगायत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदिय सुनुवाइ बिना नै पूर्वप्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ ।

यसले तपाईंको निष्पक्षतामा ठूलो प्रश्न उठाउँछ । साथै, तपाईका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईको आफ्नै नाम वाईड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरूमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाई र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्ट्राचार अन्त्य र दोषीलाई कारबाही लगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनिय आधार छैन । यस कारण, ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाई लगायत सम्पुर्ण आयुक्तलाई तत्काल राजिनामा दिनका लागी आह्नानका साथै यस पत्र मार्फत दबाब दिन्छौं ।’

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?