National life

अख्तियार मार्फत एक वर्षमा २०१ मुद्दा दर्ता, सबैभन्दा बढी संघीय मामिलासँग सम्बन्धित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
627Shares
अख्तियार मार्फत एक वर्षमा २०१ मुद्दा दर्ता, सबैभन्दा बढी संघीय मामिलासँग सम्बन्धित
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्ष २०८०/२०८१ मा २०१ मुद्दा दर्ता गरेको छ। आज (भदौ ३० गते आइतबार) ३४औँ अख्तियार दिवसको अवसरमा आयोगले एक वर्षको अवधिमा २०१ मुद्दा दर्ता भएको जानकारी गराएको छ ।

जस अनुसार मुद्दाबापत १५४५ जनलाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत माग दाबी भएको आयोगले जानकारी दिएको छ । आर्थिक वर्ष ८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २६,९१८ उजुरीहरू र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९,२६८ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३७,१६८ रहेकोमा ७६.५९ प्रतिशत उजुरी (२७,७१४) स्किनिङ तथा प्रारम्भिक छानबिनबाट फच्यौट भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राप्त उजुरीमध्येमा सबैभन्दा बढी संघीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३८.९१ प्रतिशत रहेको छ।

त्यस्तै शिक्षामा १५.७९ प्रतिशत, गैर कानुनी सम्पत्ति आर्जनमा ६.४९ प्रतिशत, नक्कली शैक्षिक प्रमाणपत्र ४.७१ प्रतिशत वन तथा वातावरण ३.८२ प्रतिशत, स्वास्थ्य तथा जनसङ्ख्यामा ३.६८ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातमा ३.६१ प्रतिशत गृह प्रशासनमा ३.५२ प्रतिशत अर्थमा २.१३ प्रतिशत, ऊर्जा जलस्रोत तथा सिचाँईमा २.१० प्रतिशत उजुरी परेको छ

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/ciaa-1.pdf" title="ciaa 1"]

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?