National life

अधिक तरलता थुप्रिने निरन्तर: आज फेरि ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, ३ बजे बोलकबोल 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
495Shares
अधिक तरलता थुप्रिने निरन्तर: आज फेरि ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, ३ बजे बोलकबोल 
ncell

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको आपतकालीन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो। राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

Royal Enfield
nic asia capital
यसको साँवा तथा ब्याज भुक्तानी वैशाख ३१ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?