National life

अध्ययन तथा रोजगारीका लागि जाने नेपालीलाई ३ दिनमै स्मार्ट लाइसेन्स दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
760Shares
अध्ययन तथा रोजगारीका लागि जाने नेपालीलाई ३ दिनमै स्मार्ट लाइसेन्स दिने
ncell

काठमाडौं । सरकारले अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेनामा जानेका लागि सवारी चालक अनुमतिपत्र तीन दिनमै दिने भएको छ ।

यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै विदेशमा जाने नागरिकलाई ३ दिनमै लाइसेन्स दिने जानकारी दिएको हो । ‘अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरीहरुका लागि सवारी चालक अनुमतिपत्र प्रिन्ट गर्न विभागको अनलाइन सवारी चालक अनुमतिपत्र प्रणालीको पोर्टलमार्फत् पुस १५ गतेदेखि यसै अनलाईन पोर्टलमार्फत् मात्र निवेदन दिन सक्नेछन्,’ सूचनामा उल्लेख छ ।

निवेदन स्वीकृत भएको मितिदेखि ३ कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाई गरी विभागको सहायता कक्षबाट वितरण हुने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निवेदकले सवारी चालक अनुमतिपत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातहरुको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा आउनु पर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?