National life

अमेरिकामा घरबार विहीन बन्नेको संख्यामा उच्च वृद्धि, यस्तो संख्या एक वर्षमा ३९ % ले बढे

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
698Shares
अमेरिकामा घरबार विहीन बन्नेको संख्यामा उच्च वृद्धि, यस्तो संख्या एक वर्षमा ३९ % ले बढे
ncell

काठमाडौँ । पछिल्लो समय संयुक्त राज्य अमेरिकामा घरबार विहीन बन्नेको संख्यामा उच्च वृद्धि भएको छ । जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टका अनुसार यस्तो संख्यामा तीव्र वृद्धि आएको हो  ।

देशमा करिब २० वर्षअघि संघीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो। सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका देखिएको छ , जुन अघिल्लो वर्षको तुलनामा भने १८ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ब्लुमबर्ग न्यूजले सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ– ‘यो संख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।’

जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य सहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई संकटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको यो वृद्धि, लगभग ७ प्रतिशतले बढेको छ ।

सीमा हुने कमजोर सुरक्षाको कारण आप्रवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबार विहीन हुने क्रम बढ्ने गरेको छ। यसबाहेक दुर्व्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रय स्थल गुमाउँदा घरबार विहीन बन्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?