National life

अमेरिकाले सुरु गर्‍यो नयाँ भन्सार शुल्क,अमेरिकाको लागि स्वर्ण युगको सुरुवात :ट्रम्प

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
901Shares
अमेरिकाले सुरु गर्‍यो नयाँ भन्सार शुल्क,अमेरिकाको लागि स्वर्ण युगको सुरुवात :ट्रम्प
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषण शुक्रबारदेखि लागू हुने भएको छ । जुन विश्व व्यापारका लागि महत्वपूर्ण क्षण हुने बताइएको छ ।

केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आयातकर लाग्ने अनुमान गरिएको छ । जुन ५० प्रतिशतसम्म पनि हुनसक्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन अप्रिल ९ बाट सुरु हुने बताइन्छ ।

ट्रम्पले बेलायती बस्तुमाथि १० प्रतिशत आयातकर लाग्ने बताएका छन् । सबै विदेशी सवारी साधनमा २५ प्रतिशत आयतकर लाग्ने र जुन बिहीबार मध्यरातिबाट लागू हुने अधिकारीहरुले जनाएका छन् ।

ह्वाइट हाउसको रोज गार्डेनमा ट्रम्पले एक वक्तव्य दिंदै भने, ‘यो मुक्ति दिवस हो । र यसले अमेरिकाको लागि स्वर्ण युगको सुरुवात गर्नेछ ।’ केही विश्व नेताहरुको निराशाजनक प्रतिक्रिया व्यक्त गरिरहेका छन् भने बढ्दो व्यापार युद्धको चिन्ता जाहेर गरिरहेका छन् ।

अमेरिकाले चीनमाथि ३४ प्रतिशत, युरोपियन युनियनमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल लगाएको छ । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ ।

अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनहरूमाथि लगाएको भन्सार महसुलको आधा दर बराबर भन्सार महसुल लगाउनेछ।

ट्रम्पका अनुसार भारतले अमेरिकामाथि ५२ प्रतिशतसम्म भन्सार महसुल लगाउँछ, त्यसैले अमेरिका भारतमाथि २६ प्रतिशत भन्सार महसुल लगाउनेछ। एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
901SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?