National life

व्यापार तनाव समाधानका लागि अमेरिकालाई वार्तामा आउन चीनको आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ फागुन २०८१, बिहिबार
721Shares
व्यापार तनाव समाधानका लागि अमेरिकालाई वार्तामा आउन चीनको आह्वान
ncell

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एकअर्काका आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न चीनले अमेरिकालाई ‘वार्ता’ गर्न आह्वान गरेको छ।

‘चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ’, वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङकियानले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा भने, “तर कुनै पनि प्रकारका सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, धम्की र डर देखाउनाले मात्र प्रतिकूल परिणाम ल्याउन सक्छ। संयुक्त राज्य अमेरिका र चीनले संवाद र परामर्शमार्फत समस्या समाधान गर्ने सही मार्गमा फर्कन सँगै काम गर्नेछन् भन्ने आशा गरिएको छ।’

जनवरीमा अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक पदभार ग्रहण गरेयता डोनाल्ड ट्रम्पले घातक फेन्टानिल र सम्बन्धित पूर्ववर्ती रसायनको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानडा र मेक्सिकोलगायत प्रमुख व्यापारिक साझेदारविरुद्ध भन्सार शुल्क लगाएका छन्।

यसै महिना ट्रम्पले चिनियाँ उत्पादनमा लगाएको १० प्रतिशत भन्सार बढाएर २० प्रतिशत पुर्‍याएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जवाफमा चीनले पनि सोयाबिन, सुँगुरको मासु र कुखुरासहितका अमेरिकी कृषि वस्तुमा १५ प्रतिशतसम्म कर लगाएको छ।

विश्वको शीर्ष इस्पात उत्पादक चीनले पनि बुधबार इस्पात र एल्युमिनियम आयातमा अलग(अलग नयाँ अमेरिकी भन्सार शुल्कको प्रतिक्रियामा आफ्नो हितको रक्षा गर्न ‘सबै आवश्यक उपाय’ अपनाउने प्रतिबद्धता जनाएको छ। राससरएएफपी

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?