National life

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
634Shares
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा, अन्य देशको कति ?
ncell

काठमाडौँ । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २२ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ८० पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ २० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ १३ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ र खरिद दर १७१ रुपैयाँ २६ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९५ रुपैयाँ १२ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?