काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद शेयर चैत्र २७ गते बाँडफाँड भएको ।
कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको १ः१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको थियो।
मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीको अनुसार हकप्रदमा ३३ हजार ७ सय १४ जनाले आवेदन दिएकोमा उनीहरूलाई कुल १ करोड ६६ लाख ८७ हजार ४ सय ९२ कित्ता शेयर बाँडफाँड गरिएको छ। यस सँगै बिक्री नभएको १९ लाख ९२ हजार १ सय ३४ कित्ता शेयर लिलाममा आउने मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ ।
हकप्रदमा नपरेको रकम चैत्र ३० गते शुक्रवार देखि सम्बन्धित सेयर धनीको खातामा कनेक्ट आईपीएस मार्फत पठाइने मुक्तिनाथ क्यापिटलको जानकारी छ । नेपाल धितो पत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो ।

































