National life

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, बजेट खर्च ८१ प्रतिशत मात्रै

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.2kShares
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, बजेट खर्च ८१ प्रतिशत मात्रै
ncell

काठमाडौँ : गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

आज प्रकाशित भएको वार्षिक प्रतिवेदन अनुसार, गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड (८१.३३ प्रतिशत) खर्च भएको छ।

चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकोमा ९ खर्ब ५६ अर्ब ३६ करोड (८३.८४ प्रतिशत) खर्च भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकोमा २ खर्ब २३ अर्ब ९४ करोड (६३.५६ प्रतिशत) खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब ६७ करोड (९०.५८ प्रतिशत) खर्च भएको छ।

गत आवमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व संकलन भएको छ। यसमा कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रहेको छ। बजेटमा लक्ष्य गरिएको १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४.२८ प्रतिशत मात्र राजस्व संकलन भएको छ।

वैदेशिक सहायता अन्तर्गत गत आवमा अनुदान २३ अर्ब ५३ करोड र ऋण १ खर्ब २५ अर्ब ४० करोड, गरी कुल १ खर्ब ४८ अर्ब ९३ करोड प्राप्त भएको छ। यसमध्ये अनुदानको हिस्सा १५.८० प्रतिशत र ऋणको हिस्सा ८४.२० प्रतिशत रहेको छ।

घाटा बजेट परिपूर्तिका लागि सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण, गरी कुल ४ खर्ब ५५ अर्ब ३९ करोड सार्वजनिक ऋण परिचालन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?