National life

अर्थमन्त्री पौडेलको संयोकत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
596Shares
अर्थमन्त्री पौडेलको संयोकत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन
ncell

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ।

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । उनको कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

जसका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस गठन समिति गठन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, सिफारिस समितिको सदस्यमा नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा.विश्व पौडेल नियुक्त भएका छन्।

भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्छ ।

जुन समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन्। हालका गभर्नर अधिकारीले २०७६ चैत २४ गते नियुक्ति पाएका थिए ।

https://aarthikvoice.com/archives/57893

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?