क्यानबेरा । मार्च महिनामा अस्ट्रेलियाको बेरोजगारी दर बढेको पाइएको छ । बिहीबार प्रकाशित सरकारी तथ्यांकमा त्यसको उल्लेख गरिएको हो । अष्ट्रेलियाको तथ्यांक विभाग (एबीएस)का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ ।
रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउँदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।
पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको संख्या तीन लाख आठ हजार (२.२ प्रतिशत) ले बढेको छ । यो महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो ।
रोजगारमा रहेका अस्ट्रेलियालीहरूको संखया फेब्रुअरी र मार्चको बीचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको संख्या तीन हजारले बढेको छ ।
एबीएसका श्रम तथ्यांक प्रमुख सीन क्रिकले रोजगार–जनसंख्या अनुपात (काम गर्ने उमेरको जनसंख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ ।
रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउँदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताए ।


































