National life

अष्ट्रेलियामा मुद्रास्फीति २ वर्षकै उच्च, इन्धन मूल्य वृद्धिको ठूलो प्रभाव

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१८ वैशाख २०८३, शुक्रबार
1.5kShares
अष्ट्रेलियामा मुद्रास्फीति २ वर्षकै उच्च, इन्धन मूल्य वृद्धिको ठूलो प्रभाव
ncell

एजेन्सी । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दा अष्ट्रेलियामा मुद्रास्फीति दर दुई वर्षयताकै उच्च तहमा पुगेको छ।

Australian Bureau of Statistics (एबीएस) का अनुसार मार्च महिनामा मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ, जुन फेब्रुअरीको ३.७ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो दर सेप्टेम्बर २०२३ पछि सबैभन्दा उच्च वार्षिक मुद्रास्फीति हो।

एबीएसले सार्वजनिक गरेको विवरणअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा आएको वृद्धिको प्रमुख कारण सवारी इन्धनको मूल्यमा भएको तीव्र उछाल हो। फेब्रुअरीदेखि मार्चसम्मको अवधिमा मात्रै इन्धनको मूल्य ३२.८ प्रतिशतले बढेको छ। यस क्रममा अनलेडेड पेट्रोलको औसत मूल्य करिब ३३ प्रतिशत र डिजेलको मूल्य ४१ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।

एबीएसका मूल्य तथ्याङ्क प्रमुख सु–एलन ल्युकका अनुसार सन् २०१७ देखि सुरु गरिएको तथ्याङ्क अभिलेखमा इन्धनको मूल्यमा यति ठूलो मासिक वृद्धि पहिलो पटक देखिएको हो। उनका अनुसार यो वृद्धि मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असरको संकेत हो।

इन्धन मात्र होइन, अन्य क्षेत्रहरूमा पनि मूल्यवृद्धि देखिएको छ। आवाससम्बन्धी खर्च वार्षिक रूपमा ६.५ प्रतिशतले बढेको छ भने सरकारी अनुदान कार्यक्रम समाप्त भएसँगै विद्युत् शुल्क २५.४ प्रतिशतले बढेको एबीएसले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?