काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकले आज विहीवार साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको जनाएको छ ।
प्रतिवेदनका अनुसार शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड रहेको छ । यस्तै राजस्व परिचालन रु. ९४ अर्ब ७४ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ ।































