National life

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि सुरु, प्रचण्डले सम्बोधन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ माघ २०८०, शुक्रबार
505Shares
असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि सुरु, प्रचण्डले सम्बोधन गर्ने
ncell

काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार असंलग्न आन्दोलन ९नाम०को १९औँ शिखर सम्मेलनमा आज सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ‘प्रचण्ड’ नामको १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहिबार विहन युगान्डा प्रस्थान गरेका थिए ।

युगान्डाको राजधानी कम्पालामा आज शुक्रबार र भोली शनिबार आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई आजै सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड आज युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?