काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको प्रतिक्रीया दिएका छन्। सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा सो कुरा बताएका हुन् ।
सोमबार गभर्नर अधिकारीले भुगोलको सीमा नराखिएको,असीमित बचत संकलन गर्न दिइएको,अन्यथा ढंगले वचत संकलन गरिएको,नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताएका थिए । उनले सोही क्रममा सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाउनुपर्ने स्पष्ट पारेका हुन् ।


































