National life

आइएमई लाइफको नयाँ बोनसदर निर्धारण,अधिकतम ८० रुपैयाँसम्म बोनस पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
779Shares
आइएमई लाइफको नयाँ बोनसदर निर्धारण,अधिकतम ८० रुपैयाँसम्म बोनस पाइने
ncell

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०८१/८२ का लागि कम्पनीबाट जारी भएका विभिन्न बीमालेखका लागि नयाँ बोनसदरको घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी नयाँ बोनसदर निर्धारण गरेको हो ।

कम्पनीले बीमतिहरुलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ ।

कम्पनीले सावधिक,सीमित अवधि भुक्तानी,सावधिक तथा बाल सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सामूहिक सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७० रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी तथा आजीवन(कल्पधन)बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेखका बीमितहरुले १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ का लागि ४८ रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?