National life

आइएमई लाइफको वित्तीय अवस्था बलियो, बीमाशुल्क र कोषमा उल्लेख्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.6kShares
आइएमई लाइफको वित्तीय अवस्था बलियो, बीमाशुल्क र कोषमा उल्लेख्य वृद्धि
ncell

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफा ३६ करोड ६३ लाख रुपैयाँ रहेको थियो, जसअनुसार नाफा सामान्य रूपमा ०.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिसम्म कम्पनीको वित्तीय संरचनामा पनि सुधार देखिएको छ। शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोष २९ करोड ९५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५२ करोड ८ लाख रुपैयाँ र अन्य इक्विटी २३ करोड २ लाख रुपैयाँ रहेको छ।

कम्पनीको जीवन बीमा कोष उल्लेख्य रूपमा बढेर १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.११ प्रतिशतले बढी हो। यसले बीमा व्यवसाय विस्तार भएको संकेत गर्छ।

त्यसैगरी, कुल बीमाशुल्क आर्जन ५ अर्ब १६ करोड १७ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ रहेको छ। दुवै सूचक अघिल्लो वर्षको तुलनामा करिब ३८ देखि ३९ प्रतिशतसम्म वृद्धि भएका छन्।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ९.८१ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.४९ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E ratio) ४५.४६ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?