National life

बीमा क्षेत्रमा इतिहास रच्दै आइएमई लाइफ, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पायो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ जेठ २०८०, मङ्गलबार
624Shares
बीमा क्षेत्रमा इतिहास रच्दै आइएमई लाइफ, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न पायो अनुमति
ncell

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २३ गते आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

आइएमई लाइफले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो मूल्यमा आइएमई लाइफले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्नेछ । आइएमई लाइफले ६ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँमै कर्मचारीहरूका लागि विक्री गर्ने बोर्डको भनाइ छ । आइएमई लाइफको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल आइएमई लाइफको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको आइएमई लाइफले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीले आईपीओ विक्रीबाट प्रिमियमबापत १ अर्ब ५६ करोड ७ लाख ७४ हजार आम्दानी गर्नेछ ।

तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै ,चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपियाँ संचिति रहेको छ ।

हाल कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपियाँ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढी हो ।

 

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?