National life

आइजीआई प्रुडेन्सियलको नाफामा उल्लेख्य बृद्धि,बीमा कोषको आकार १५२.५२ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
537Shares
आइजीआई प्रुडेन्सियलको नाफामा उल्लेख्य बृद्धि,बीमा कोषको आकार १५२.५२ प्रतिशतले बढ्यो
ncell

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले २६ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १२ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५२ प्रतिशतले बृद्धि भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको बीमा कोषको आकार १५२.५२ प्रतिशतले बढेर १ अर्ब ४० करोड ४३ लाख ६७ हजार रुपैयाँ पुगेको छ । खुद बीमा शुल्क आर्जन ३२.३३ प्रतिशतले बढेर ८५ करोड ६७ लाख ३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ५६ करोड ८३ लाख ८१ हजार रुपैयाँ छ ।

यस अवधिमा कम्पनीले ४३ करोड ३६ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३८ करोड ४९ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६५ रुपैयाँ १२ पैसा रहेको छ । कम्पनीको असार मसान्तसम्म पुँजी ३ अर्ब २ करोड ९३ लाख ३५ हजार रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?