National life

आइतबार दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
1KShares
आइतबार दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
ncell

काठमाडौँ। आज आइतबार संघिय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे भएको हो ।

प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने भएका छन् ।

त्यस्तै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत हुने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव  प्रस्तुत गर्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

आजको राष्ट्रियसभाको लागि गत चैत १५ गतेबाट प्रतिपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरेकोले सोही दिनको कार्यसूची अनुसार अघि बढ्ने छ।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साथै, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समावेश गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?