National life

आईएमई लाइफले गर्‍यो नयाँ बोनसदर सार्वजनिक, कुन बीमा गर्दा कति बोनस ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
906Shares
आईएमई लाइफले गर्‍यो नयाँ बोनसदर सार्वजनिक, कुन बीमा गर्दा कति बोनस ?
ncell

काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ।

कम्पनीले गत आवको आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसदर सार्वजनिक गरेको हो।

अनुसार कम्पनीले सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रति हजारका दरले बोनस दिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

त्यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन्। अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिने एक सूचना मार्फत जनाएको छ ।

कम्पनीले बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) योजनामा बीमा अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यसैगरी कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता) बीमा योजनामा बीमालेखको सम्पूर्ण बीमा अवधिका लागि समान २२ रुपैयाँ प्रति हजारका दरले बोनस दिने जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
906SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?