काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ। कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरिएको थियो।
आ।व।
२०८०र०८१ को अवधिमा इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रूपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको कम्पनीको भनाई । कम्पनीले निरन्तर रूपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ।
एजेन्सीले आ।व। २०८०र८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चात्को कम्पनीको नेट वर्थको वृद्धिलाई पनि मूल्याङ्कन गरेको छ, जसले गर्दा आ।व। २०८०र८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ। कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ।

































