National life

आईएमई लाईफको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न,अभिकर्तालाई पुनर्ताजगी तालिम र उत्कृष्टलाई सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ भदौ २०८०, शनिबार
587Shares
आईएमई लाईफको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न,अभिकर्तालाई पुनर्ताजगी तालिम र उत्कृष्टलाई सम्मान
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको “आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३” सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रवार होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच सम्पन्न भएको हो ।

कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनिले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्ने गर्दछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उपरोक्त कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिती थियो ।

अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पु–याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिने बताए ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले छैंटौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला ६ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई. लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरि सहयोग गरिरहने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए । हालै मात्र जनसाधारणको लागि शेयर सार्वजनिक गरिएकोमा सम्पूर्ण लगानीकर्ताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएकोमा समेत प्रमुख कार्यकारी अधिर्कत फुयालले खुशी ब्यक्त गरे ।

आर्थिक वर्ष २०७९८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका निर्देशकहरु दीपचन्द्र रेग्मी, विनोद केसी, उषा ढकाल लगायतले अवार्ड वितरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, कोशी प्रदेश प्रमुख मिलन दाहाल लगायतका व्यक्तिहरुले कम्पनी, मुलुक र समाजमा अभिकर्ताका भुमिकाका बारेमा प्रकाश पारे ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?