National life

आई.एम.ई. लाइफ इन्स्योरेन्स बेस्ट लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
1.8kShares
आई.एम.ई. लाइफ इन्स्योरेन्स बेस्ट लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित
ncell

काठमाडौं । जीवन बीमा कम्पनी आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अवार्डको चौथो संस्करण अन्तर्गत बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपालको उपविजेताको रुपमा सम्मानित विधामा आई.एम.ई. लाइफले अवार्ड जित्न सफल भएको हो ।

एसिया भरका बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

भारतको मुम्बईमा बिहीबार आयोजित भव्य समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कबि फुयाँललाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।

आईएमई लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधीमा आईएमई लाइफले उत्कृष्ट, नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इण्डियन इन्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे ।

इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एशियाली महादेश भित्रका बीमा कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान् गर्दै आएको छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?