National life

आगामी आर्थिक वर्षबाटै बीमा क्षेत्र पेपरलेस बन्दै,मोवाइलबाटै बीमा हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
677Shares
आगामी आर्थिक वर्षबाटै बीमा क्षेत्र पेपरलेस बन्दै,मोवाइलबाटै बीमा हुने
ncell

काठमाडौं । हाल नेपाल बीमा प्राधिकरणले नयाँ वेभ साइट संचालनमा ल्याएको छ । पछिल्लो समय नयाँ वर्षलाई लक्षित गरेर शुभारम्भ गरिएको उक्त वेभ साइट विगतको तुलनामा भिन्न रहेको नेपाल बीमा प्राधिकरणले जनाएको हो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक भ्वाईससँग भने,‘वेभ साइट त तपाईहरु आफै हेर्नुस् न । पहिलेको तुलनामा धेरै कुराहरु परिवर्तन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिले नेपालीमा वेभ साइट रहेको थियो भने अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता हुने गरी अंग्रेजी, नेपाली भाषाको छनोट गरेका छौ । विगतको तुलनामा हामीले हाम्रो डाटा पनि व्यवस्थित बनाउँने प्रयास गरेका छौं । वेभ साइट भनेको त संस्थाको पहिचान पनि हो।’

बीमाको डिजिटल यात्रालाई जोड दिँदै पौडेलले प्रविधि मैत्री यात्रामा पनि बीमा क्षेत्र दौडिएको र वेभ साइट मर्मत पनि त्यसको एउटा उदाहरण रहेको बताए । उनले वेभ साइटमा बीमित, बीमक, अभिकर्ता, सर्भेयर र अन्य सरोकारवालालाई आवश्यक हुने तथ्यांकहरु आफूहरुले राख्ने जानकारी दिए ।

आगामी साउनबाट फुल्ली डिजिटल्ली काम हुने

आगामी साउन १ गतेबाट नेपाल बीमा प्राधिकरणले फूल्ली डिजिटलाइज्ड रुपमा अघि बढ्ने रणनीति लिइसकेको पौडेलले बताएका छन् । उनले आफुहरुको उदेश्य नै पेपरलेस मोेडेलमा अघि बढ्ने भएको र त्यसका लागि अन्तिम गृहकार्य भइरहेको बताए ।

त्यसरी उन्नत जातको वेभ साइट नेपाल बीमा प्राधिकरणले प्रयोगमा ल्याउन सकेमा त्यसबाट धेरैजना लाभांवित हुने कार्यकारी निर्देशक पौडेलको आँकलन छ । उनले विगत लामो समयदेखि नेपाल बीमा प्राधिकरणले तथ्यांक प्रणालीलाई मजबुद र विश्वस्नीय बनाउँन विभिन्न कार्य योजनाहरु तयार गर्दै आएको पनि बताएका छन् । आगामी दिनमा बजारको माग अनुसार र बीमितहरुलाई सहज हुने किसिमले आफूहरुले प्रोडक्ट ल्याउँने उनले बताएका छन् ।

डिजिटलाईजेसनका फाइदाहरु

बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बीमा क्षेत्र डिजिटलाईजेसनमा जाँदा अन्य क्षेत्रमा जस्तै ग्राहकरुले पाउँने सेवा, सुविधा सहज तथा छिटो गतिमा सम्पन्न हुने बताए । उनले आफूहरुको छुट्टै सफ्टवेयर रहेको र सोही सफ्टवेरको निगरानीमा अन्य बीमा कम्पनीहरुले आफ्नो तथ्यांक नियामक निकायमा अनिवार्य रुपमा पठाउँनु पर्ने बताए । हाल बीमा कम्पनीहरुको र नेपाल बीमा प्राधिकरणको सफट्वेयर समेत भिन्न रहदा तथ्यांक संकलन गर्दा ठूलो सानो समस्याहरु देखिने गरेको छ । भोलिका दिनमा सेवाप्रदायकहरुलाई मोवाइलबाटै बीमालेख बेच्ने गरी बीमा कम्पनीहरुले आफ्ना नयाँ प्रोडक्ट ल्याउँने पनि बताएका छन्।

स्मार्ट फोन बोक्ने नागरिकहरुको संख्या बढ्दा बजारबाट मोवाइलबाटै बीमा किनबेच गर्न पाउँनु पर्ने माग पनि धेरै बढेको उनले सुनाए ।

nic asia capital
पौडेलले आफूहरुले सकेसम्म अल्टरनेट च्यानलमा जोड दिएको पनि दाबी गरेका छन् । आगामी दिनमा जति धेरै प्रविधि मैत्री रुपमा काम गर्न सकियो त्यसरी नै जान सकिने बताएका छ्रन् । उनले बीमितहरुको चाहना अनुसार नै काम गर्न सके बीमक र बीमित दुवैलाई निकै फाइदा हुने बताए ।

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?