National life

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले सांसदहरूको जिज्ञासाको जवाफ दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ जेठ २०८२, शुक्रबार
579Shares
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले सांसदहरूको जिज्ञासाको जवाफ दिने
ncell

काठमाडौँ । आज शुक्रवारका दिन बिहान ११ः०० बजेदेखि प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ।

आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिनेछ ।

सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघिय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो । सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्य व्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समय सीमा निर्धारण गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?