काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
गत शुक्रबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज पनि स्थिर रहँदै सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।
चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


































