National life

आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ,४० कर्मचारी पुरस्कृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
628Shares
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ,४० कर्मचारी पुरस्कृत
ncell

काठमाडौँ । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।

सरकारले २० औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनोट गरेको छ ।

पुरस्कृत हुनेहरू धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ रहेका छन् ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लामिछाने पनि पुरस्कृत भएका छन् ।

त्यसैगरी मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभलक्ष्मी लामा पुरस्कृत भएका हुन् ।

डा। रोशनी लक्ष्मी तुइतुई, कुमार प्रसाद घिमिरे, सुजन जोजिजु, शुकदेव लम्साल, रेविका अमात्य, राजेश कुमार केसी होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा। डमरुबल्लभ पौडेल, नारायण प्रसाद ज्ञवाली र चुडाराज सापकोटा परस्कृत भएका छन् ।

यस्तै शोभा गिरी, नरबहादुर नेगी, मिना पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थी, नवराज तामाङ व्लोन, युक्त प्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाई, ठाकुर प्रसाद भट्टराई र मनोज कुमार महतो रहेका छन् । निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा राजु कटुवाल क्षेत्री, हुर्मत वि।क।, देवकला अर्याल, उमेश भट्टराई, राम प्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहर लाल अहिर रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?