National life
cg eloctronics

आज पनि प्रतिनिधि सभा बैठक बस्दै , यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ फागुन २०८१, सोमबार
994Shares
आज पनि प्रतिनिधि सभा बैठक बस्दै , यस्तो छ कार्यसूची
muktinatha bikash bank

काठमाडौँ । आज पनि प्रतिनिधि सभा बैठक बस्ने कार्यसूची रहेको छ । बैठक संसद् भवन नयाँ बानेश्वर काठमाडौँमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजकोे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९(८०० र सातौँ वार्षिक प्रतिवेदन २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१’ माथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समावेश गरिएको छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । आइतबार गणपूरक नपुगेपछि उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी संसद् बैठक स्थगित भएको थियो । आजकै बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक,२०८१’ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

everest bank

साथै, चौथो कार्यसूचीमा ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री ओलीले नै ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?