National life

आज मेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै: ह्यारिस र ट्रम्प मध्ये को कति बलियो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
499Shares
आज मेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै: ह्यारिस र ट्रम्प मध्ये को कति बलियो ?
ncell

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिस, डेमोक्र्याटिक र पूर्व राष्ट्रपति डोनाल्डट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवारका रूपमा मैदानमा उभिएका छन् । चुनावी रणभूमिमा रहेका दुवै उम्मेदवारहरू मध्येको अमेरिकी राष्ट्रपति भवनभित्र छिर्ने हो त्यसको अन्तिम फैसला आजको निर्वाचनले गर्नेछ ।

अमेरिकी जनताले ४७ औँ राष्ट्रपतिमा कमला ह्यासिरलाई  विश्वकै शक्तिशाली मानिएको अमेरिकाको पहिलो महिला राष्ट्रपति बनाएर इतिहास रच्छन् या पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्लाई पुनः निर्वाचित गराउँछन् भन्ने कुरा विश्वभर चासोका साथ हेरिएको छ। विभिन्न चुनावीमत सर्वेक्षणले ह्यारिस र ट्रम्पको समान ४९ प्रतिशत मत आउने आकलन गरेका छन् भने २ प्रतिशत मतदाता अनिर्णित रहेका छन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्वाचनको मत परिणाम बुधवार आउने वा त्योभन्दा बढी समय लाग्न सक्ने पनि बताइएको छ ।

दुबै जना उम्मेदवार बिच कडा टक्कर रहेको बताइएको छ । कतिपय सर्वेक्षणले ट्रम्प भन्दा ह्यारिस अगाडी रहेको पनि देखाएका छन् । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभाव पार्ने कतिपयको धारणा छ ।

आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् । यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् ।

कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले अमेरिकाको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तुलनात्मक रूपमा आप्रवासीहरूप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्ने गरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।

चुनाव  जित्नेले जनवरी २०,२०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् ’यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिको रूपमा  शपथग्रहण गर्ने छन्।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?