National life

आज यी तीन प्रदेशमा छ वर्षाको सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
1.1kShares
आज यी तीन प्रदेशमा छ वर्षाको सम्भावना
ncell

काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?